गाउँपालिका अध्यक्ष असिम राईको सहयोगमा नव बाल गायक गणेश बिकलाई काठमाडौंमा पढ्ने अवसर
सोलुखुम्बुको विकट गाउँका बाल गायक गणेश बिकलाई काठमाडौं पढ्ने अवसर मिलेको छ । थुलुङ दुधकोशी गाँउपालिका अध्यक्ष असिम राईले उनलाई निःशुल्क होस्टलसहित कक्षा १२ सम्म पढ्ने व्यवस्थापन गर्नुभएको हो ।
सोताङ गाउँपालिका वडा नम्बर १ निवासी गणेशको आर्थिक अवस्था कम्जोर भएकाले अध्ययनबाट बन्चिन हुन नदिन अध्यक्ष राईले देशकै नमुना विद्यालयको रुपमा परिचित काठमाडौं कपनस्थित सारदा एकेडेमीसँगको सहमति खाने, बस्नेसहितको निःशूल्क शिक्षाको व्यवस्था गरिने छ । गणेश कक्षा ६ मा भर्ना हुने बताईएको छ ।
विद्यालयको सम्पूर्ण प्रकृया पूरा गरी केहि समयपछि भर्ना गरिने अध्यक्ष राईले जानकारी दिनुभयो । शिक्षाले व्यक्तिको सर्वांगीण विकास गरी असल, योग्य र सभ्य नागरिक तयार पार्न मद्दत गर्ने भन्दै विश्वकर्मालाई पढाइबाट बन्चित नगराउन व्यक्तिगत रुपमा सहयोग गर्ने बताउनुभएको छ ।
गाउँकै विद्यालयमा पढ्दै गर्दा गाएको गीत विभिन्न माध्यमबाट सार्वजनिक भएपछि उनी चर्चामा आएका थिए । त्यसपछि सञ्चार माध्यममा छाएका उनलाई यसबीचमा गायक तथा संगीतकार दुर्लभ जन्तरेले अफिसियल गीतहरु रेकर्ड गराउनुभएको छ ।
गणेश द भ्वाइस किड्स अफ नेपाल सिजन ३ मा सहभागि हुदैछन् ।