माप्य दुधकोशी गाउँपालिकाद्वारा स्वास्थ्य स्वयंसेविकाका लागि विभिन्न कार्यक्रम घोषणा
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले महिला स्वस्थ्य स्वयंसेविकाहरुका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम घोषणा गरेको छ । शनिबार गाउँपालिकाद्वारा शनिबार आयोजित महिला सामुदायिक स्वयंसेविकाहरुको लागि मानसिक रोग सम्बन्धी १ दिने गोेष्ठी कार्यक्रमको अवसरमा सो घोषणा गरेको हो ।
सेवा अवधी पूरा गरि ६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई गाउँपालिकाले ५० हजार रुपैयाँ नगदसहित सम्मान गर्ने गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले घोषणा गर्नुभयो ।
यस्तै गाउँपालिकाले महिला स्वयंसेवीकालाई वार्षिक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने छ ।
यसैबीच महिला सामुदायिक स्वास्थ्यका ३१ जना स्वयंसेविकाहरुलाई स्ट्रेचर बितरण गरिएकाे गाउँपालिका उपाध्यक्ष गौरब राईले जानकारी दिनुभयो ।