Logo

भाषा नजान्दा समुदायमाथि भएको दमनमा आधारित नाटक ‘मेखी दण्ड’ भोलीदेखि


काठमाडौँ । करिव डेढ शताब्दीअघिको कथा समेटिएको नाटक ‘मेषी दण्ड’ साउन ५ देखि मञ्चनमा आउने भएको छ । रंगकर्मी अनिल सुब्बाको निर्देशन, लेखक गीलु रातोसको लेखनमा बनेको उक्त नाटक साउन २७ सम्म मण्डला थिएटरमा मञ्चन हुनेछ ।

सोलुखुम्बु जिल्लाको खालिङ राई समुदायले भोगेको कथालाई नाटकमा समेटिएको छ । राणाकालीन समयमा तिब्बत जानका लागि नाङपाला नाका जाने क्रममा राणा र उनीहरुका भारदारहरुको समूह खालिङ गाउँ राप्छामा बास बस्न पुगे । त्यतिबेला त्यहाँ खालिङ राई बाहेकका समुदाय कोही थिएनन् । उनीहरु त्यसबेला आफ्नो बाहेकको भाषा बोल्दैनथे र बोल्नलाई आवश्यकता पनि थिएन ।

सोही क्रममा राणाहरुले गाउँका मान्छेलाई भेला गरी सामान्य मन्तव्य दिए । मन्तव्य सुन्ने क्रममा भेला भएका मान्छेहरुले केही पनि बुझेनन् । तर, उनीहरुले ‘मेखी, मक.. मेखी’ भनी बोले । राणाहरुले ‘मेखी’ भनेको बुझेनन् र आफूहरुको अपमान भएको ठानी गाउँका मानिसहरुलाई दण्ड तिर्न लगाए । जुन दण्ड त्यहाँका खालिङ राईहरुले लामो समयसम्म तिरे र दण्डको नाम ‘मेषी दण्ड’ रहन गयो । यही विषय नाटकमा प्रस्तुत छ ।

‘मेखी दण्ड’लाई पूरानो लेखन शब्द र शैलीअनुसार ‘मेषी दण्ड’ लेखिएको हो ।

प्रकाशित मिति : शुक्रबार, ४ श्रावण २०८१ १५:४५
प्रतिक्रिया दिनुहोस्