माप्य दुधकोशी गाउँपालिका वडा नं. ५ द्वारा काठमाडौंबाट पनि सेवा प्रदान
काठमाडौं । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ ले गत वर्ष जस्तै काठमाडौँबाट सेवा प्रदान गरिरहेको छ ।
साउन ४ गते शुक्रबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण साथै नविकरण, जन्मदर्ता, विवाह दर्ता लगायत वडाबाट प्रदान गरिने सेवाहरु सेवा प्रदान गरिरहेको वडा अध्यक्ष अविरल वाईवाले जानकारी दिनुभयो ।
काठमाडौँदेखि सोलुखुम्बु आवतजावतका क्रममा सामाजिक सुरक्षा भत्ता बराबर पाउने रकम आवतजावतमा खर्च हुने बताउँदै वृद्धवृद्धाहरुको सहजताका लागि राजधानी काठमाडौँबाटै सेवा प्रदान गरिएको उहाँको भनाई छ ।
गत वर्ष ६७ जना वडाबासीहरुले काठमाडौंबाटै सेवा लिएका थिए ।