Logo

सोलुखुम्बु उद्योग वाणिज्य संघमा श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नया कार्यसमिति सर्वसम्मत


सोलुखुम्बु, मंसिर १३ । सोलुखुम्बु उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी रामलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । विहिबार सल्लेरीस्थित संघको कार्यालयमा सम्पन्न चौँथो जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय  नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, उपाध्यक्षमा भानुभक्त उपाध्याय, सचिवमा महेश खालिङ राई, सहसचिवमा शारदा माया तामाङ र कोषाध्यक्षमा वकिल कार्की चयन हुनुभएको छ ।

कार्यसमितिको कार्यकाल ३ वर्षको रहने छ । संघका १४८ जना सदस्य आवद्ध रहेको जनाइएको छ । करिब १२ वर्षपछि भएको यस अधिवेशनलाई संघले ऐतिहासिक मानेको छ ।

सोलुखुम्बुका प्रदेश सांसद तथा पूर्व मन्त्री बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्य भएको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला, सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख गान्धी माया तामाङ, प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न वडा अध्यक्षसहितका अन्य जनप्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रमुख तथा जिल्लाक स्थापित व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बिहीबार, १३ मंसिर २०८१ १८:४९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ