Logo

शान्ति शिक्षा नेपालद्धारा १४ सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई निशुल्क पुस्तिका वितरण


काठमाडौं । विशेषगरी शिक्षा क्षेत्रमा काम गरिरहेको शान्ति शिक्षा अभियान नेपालले ललितपुरको महालक्ष्मी नगरपालिका भित्रका १४ वटै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई अंगे्रजी र नेपाली हस्तलेखत पुस्तिका निशुल्क रुपमा वितरण गरेको छ । संस्थाले महालक्ष्मी नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरुलाई निशुल्क रुपमा पुस्तिका वितरण गरेको हो ।

महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले महेन्द्र आदर्श माविका प्रिन्सिपल एक बहादुर भण्डारीलाई पुस्तिकाहरु हस्तान्तरण गरी सो कार्यक्रमको उद्घाटन गर्नुभयो ।

सामुदायिक विद्यालययका २ हजार ३ सय विद्यार्थीहरुलाई पुस्तिका निशुल्क रुपमा वितरण गरिएको शान्ति शिक्षा अभियान नेपालका प्रमुख रविन्द्र महर्जनले जानकारी दिनुभयो ।

अब हरेक वर्ष सबै विद्यार्थीहरुलाई हस्त लेखन तालिम दिनुका साथै निशुल्क रुपमा पुस्तिका वितरण गर्ने उद्घाषसमेत उहाँले गर्नुभयो ।

महालक्ष्मी न पा वडा नं ४ इमाडोलमा संस्थाको नाममा ७ आना जग्गा खरिद गरी साढे चार तल्ले सामुदायिक बहुउद्धेश्यीय स्रोत केन्द्र तथा पुस्तकालय भवन निर्माणाधीन अवस्थामा छ। उक्त भवनमा प्रविधि युक्त पुस्तकालय, सेमिनार हल र विदेशी स्वेयम सेवकहरु खान बस्नको लागी डोर्मीटोरी कोठाहरू रहनेछन्।

छोरीलाई दाईजो होइन शिक्षा दिऔं, बालविवाह अन्त्य गरौं जस्ता नाराका साथ संस्थाले शैक्षिक अभियान चलाइरहेको छ ।

सोही अभियानलाई सार्थक तुल्याउन पत्रकार कल्पना महर्जनले संस्थाको झण्डा नेपाल र चीन दुबै मोहडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहर्‍याएकी थिइन् । सगरमाथा आरोही कल्पना महर्जनले दोस्रो पटक सगरमाथा आरोहण गर्दा ” शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान” को नारा सर्वोच्च शिखरबाट घन्काई विश्व किर्तिमान राखेकी थिइन्।

प्रकाशित मिति : आईतवार, २३ भाद्र २०८१ २०:५४
प्रतिक्रिया दिनुहोस्