Logo

माप्यमा महिला तथा पुरुष ब्याटमिन्टन प्रतियोगिता सुरु, १ सय १७ टिम प्रतिस्पर्धामा


सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकामा पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । माप्य ब्याडमिन्टन क्लबले आफ्नो स्थापना वर्षको अवसरमा महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष गौरब राईले आइतबार सो प्रतियोगिताको उदघाटन गरेका हुन् ।

प्रतियोगितामा १ सय १७ टिमको सहभागिता रहेको माप्य ब्याडमिन्टन क्लबका अध्यक्ष असन राईले जानकारी दिए । उनकाअनुसार खुल्ला पुरुष डबल तर्फ १४ टिमले प्रतिस्पर्धा गरि रहेका छन् भने खुल्ला महिलामा ९, जुनियर पुरुष डबलमा ३१, जुनियर महिला डबलमा ७, भेट्रान ३५ प्लस पुरुषमा १०, भेट्रान ३० प्लस महिलामा ५ टिमले सहभागिता जनाएका छन् ।

आइतबारदेखी सुरु भएको प्रतियोगितामा ओपन सिङ्गल पुरुष विधामा २०, ओपन सिङ्गल महिलामा ७ र पुरुष १३ वर्ष मुनिकामा १४ टिमले प्रतिस्पर्धा गरि रहेका छन् ।

प्रथम स्थान हासिल गर्ने खुल्ला महिला डबल र पुरुष डबल दुबै टिमलाई समान पुरस्कार नगद १२ हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र बितरण गरिने आयोजकले जानकारी दिएको छ । यसै गरि दोस्रो र तेस्रो हुने टिमलाई क्रमश आठ आठ हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

जुनियर पुरुष डबल र जुनियर महिला डबल विधामा सहभागि भएर प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमलाई क्रमश ८ हजार, ६ हजार र ६ हजार नगदको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकको भनाई रहेको छ ।

माप्य गाँउपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगितामा पुरुष ओपन सिंगल र महिला ओपन सिङ्गल विधा तर्फ प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमश ६ हजार, ४ हजार र ४ हजार नगदको साथमा ट्रफी मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् ।

यसै गरि प्रतियोगितामा भागलिएर प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने पुरुष सिङ्गल १३ वर्ष मुनिका टिमलाई क्रमश ३ हजार, २ हजार र २ हजार नगदको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रकाशित मिति : आईतवार, २० आश्विन २०८१ २०:३१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ