Logo

गीतकार मनुहाङ किरातीकृत सातौं गीत सार्वजनिक


सोलुखुम्बु । गीतकार मनुहाङ किराती साेलुद्वारा रचित गीत सार्वजनिक भएकाे छ । साेलुखुम्बुकाे दुर्गम गाउँमा जन्मिएका किरातीकाे शब्दमा रेकर्ड भएकाे यो गीत साताैं हाे ।

सुस्मिता कुलुङ युट्युव च्यानलबाट सार्वजनिक उक्त गीत ए लेभल रेकर्डिङ स्टुडियाेबाट रेकर्ड भएकाे हाे । महाकुलुङ आइडल समेत भईसकेकाे निर्मल निशानकाे प्रथम स्वर र लयमा भरिकाे उक्त गीतमा माया पिरतीकाे भावमा विछाेडका पीडा व्यक्त गरेकाे छ।

गीतले नेपाली साँगीतिक क्षेत्रमा दुर्गम गाउँ महाकुलुङ बासीहरुका लागि अर्काे खुसीकाे खबर ल्याइकाे छ । गीत लेखनसँगै कविका रुपमासमेत आफ्नो परिचय बनाउन सफल किराती महाकुलुङकाे साहित्य क्षेत्रका एक सशक्त अभियन्ता समेत हुन् ।

यो गीतसँगै किरातीको रेकर्डेट गीतहरु सालपा सिलिछाेमी, महाकुलुङ गान,  गुदेल मावि हिरकगान, मुर्चुङगा र बिनायाे आदि गीतहरु सार्वजनिक भईसकेका छन् ।

नेपाल गीतकार संघका सदस्यसमेत रहेका किरातीले गीत लेखन तथा साहित्य क्षेत्रमा पुर्याएको योगदान वापत विभिन्न पुरस्कार तथा अवार्ड प्राप्त गरिसकेका छन्।

प्रकाशित मिति : बिहीबार, १३ मंसिर २०८१ १९:०६
प्रतिक्रिया दिनुहोस्