Logo

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्डसँगै सांगीतिक कार्यक्रम हुँदै


सोलुखुम्बु। माप्य दुधकोशी गाउँपालिका अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासँगै साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । यँही माघ ३० गते उदघाटन हुने कार्यक्रमसँगै फाल्गुन १ गते सांगीतिक कार्यक्रम आयोजना गरिने गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गौरब राईले जानकारी दिनुभयो ।

सांगीतिक कार्यक्रममा ख्यातिप्राप्त गायक दिपक लिम्बु, प्रसिद्ध गायिका सुनिता थेगिम, भ्वाइस अफ नेपालका फाइनलिष्ट कुमार प्रयासलगायतका कलाकारहतुको बेजोड प्रस्तुति रहनेछ। 

उक्त कार्यक्रममा उर्मिला खालिङ, विशेष खालिङ, विनोद बिक्रम राई, प्रकाश धावल राई, संगिता राई, जीवन विश्वकर्मा, सङ्गम राई लगायतको कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।  

अध्यक्ष कप अन्तर्गत सोलुखुम्बु जिल्लाभित्रको वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुनेछ । उक्त प्रतियोगिताको प्रथम पुरस्कार ट्रफी, माेडल र प्रमाण पत्रको साथमा १ लाख ११ हजार १११ रुपैयाँ नगद, द्वितीय पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्रको साथमा ७७ हजार ७७७ रुपैयाँ नगद, तृतीय पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्रको साथमा ५५ हजार ५५५ रुपैयाँ नगद र सान्त्वना पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्रको साथमा २२ हजार २२२ रुपैयाँ नगद राशी रहेको छ । साथै उत्कृष्ट खेलाडीहरुलाई पनि विभिन्न विधागत पुरस्कारबाट पुरस्कृत गरिने छ ।

त्यस्तै, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता प्रथम, द्वितीय र तृतीय विध्यालयलाई क्रमशः ट्रफी र प्रमाण पत्रको साथमा १० हजार नगद, द्वितीय ८ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : बुधबार, २३ माघ २०८१ १९:२९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ