Logo

वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १४८ जनाले लिए अनुमति


काठमाडौं । यस वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १४८ जनाले अनुमति लिएका छन् । अप्रिल १ तारिखसम्म १६ टोलीका १४८ जनाले आरोहण अनुमति लिएको र हालसम्म विभिन्न १० वटा हिमाल अरोहणका लागि अनुमति माग गरिएको छ। जसमा सबैभन्दा धेरै ६ वटा टोलीले अन्नपूर्ण हिमाल आरोहणका लागि अनुमति लिएका छन्।

नेपालले आरोहणका लागि ५७ वटा हिमशिखरहरु खुला गरेको छ । सरकारले यसअघि नै हिमशिखर आरोहणको रोयल्टी शुल्क वृद्धि गरेको छ । यद्यपि, वृद्धि गरिएको रोयल्टी शुल्क यस याममा लागु हुने छैन ।

तसर्थ, आगामी यामभन्दा यस याममा हिमशिखर आरोहण गर्दा सस्तो पनि पर्नेछ । उदाहरणका लागि कुनै विदेशी आरोहीले यस याममा सगरमाथा आरोहणका लागि ११ हजार अमेरिकी डलर (१५ लाख ३ हजार ४८०) रोयल्टी तिर्नु पर्नेछ । भने, आगामी यामदेखि १५ हजार अमेरिकी डलर (२० लाख ५० हजार २००) रोयल्टी तिर्नु पर्नेछ।

प्रकाशित मिति : बिहीबार, २० चैत्र २०८१ ०९:३६
प्रतिक्रिया दिनुहोस्