Logo

सोलुखुम्बुमा सुपर इन्खु खोला जलविद्युत आयोजना निर्माण हुँदै


काठमाडौँ । सोलुखुम्बुमा २४.४१ मेगावाटको सुपर इन्खु खोला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ । महाकुलुङ गाउँपालिका-१ र पासाङल्हामु गाउँपालिका-१ भएर बग्ने इन्खु खोलाको पानीलाई सदुपयोग गर्दै आयोजना निर्माण गर्न लागिएको हो ।

यसका लागि प्रवर्द्धक दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन अनुमतिपत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढएको छ । आयोजना अन्तर्गत पानी फर्काउन इन्खु खोलामा समुद्र सतहदेखि २ हजार ६६९ मिटर उचाइमा २९ मिटर लामो बाँध निर्माण गरिने छ ।

खोलाको बायाँ किनारमा बाँधसँगै रहन इन्टेकबाट ग्राभेल ट्र्याप हुँदै २ वटा वे भएको ६० मिटर लम्बाइ र ७ मिटर चौडाइको पानी थिगार्ने पोखरीमा पानीको प्रवाह गरिने छ । त्यहाँबाट पानीलाई १ हजार ६१७ मिटर लामो मुख्य सुरुङ, २२.१२ मिटर उचाइको सर्ज साफ्ट र ५९७ मिटर लामो पेनस्टक पाइप हुँदै आयोजनाको भूमिगत विद्युत्‌गृहमा लगी विद्युत् उत्पादन गरिने छ ।

आयोजनाबाट वार्षिक औसत १४३.०४ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । उत्पादन हुने उक्त विद्युत् ५ किलोमिटर लामो १३२ केभीको सिङ्गल सर्किट प्रसारण लाइनमार्फत माथिल्लो इन्खु खोला जलविद्युत् आयोजनाको स्विचयार्डमा लगी त्यहाँबाट संयुक्त रूपमा नेपाल विद्युत् प्राधिकरणको शीतलपाटी सबस्टेसनमा प्रवाह गर्ने योजना छ ।

आयोजनाको निर्माण सुरु गरेको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणका क्रममा वातावरणमा कुनै उल्लेखनीय प्रभाव पर्ने देखिए ३५ दिनभित्र आफ्नो लिखित रायसुझाव पेस गर्न आह्वान गर्दै विभागले सोमबार सूचना जारी गरेको छ ।

प्रकाशित मिति : आईतवार, २२ मंसिर २०८२ २१:२३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ