Logo

रामप्रसादराई गाउँपालिका अध्यक्ष नेतृत्वको टोलीद्वारा थुलुङ दुधकोशीको भ्रमण


भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्ष थाम बहादुर राई नेतृत्वको टोलीले सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा शैक्षिक अध्ययन अवलोकन भ्रमण गरेको छ । सोमबार थुलुङ दुधकोशी आएको टोली मंगलबार फर्केको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

सोमबार गाउँपालिका अध्यक्ष असिम राईले पालिकाले शिक्षा क्षेत्रमा गरेको विभिन्न गतिविधिका सम्बन्धमा जानकारी गराउनुभएको थियो । शैक्षिक सम्मेलनदेखि २१ बुदे परिमार्जित स्वेतपत्र जारी गरिएको र विभिन्न सहयोगी संस्थासँगको सहकार्य लगायतका बारेमा अध्यक्ष राईले टोलीलाई जानकारी गराउनुभएको थियो । पालिका प्रवक्ता कार्कीका अनुसार शैक्षिक उन्नयनका लागि प्रोत्साहित गराउन उत्कृष्ट विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालयलाई पुरस्कारदेखि प्रधानाध्यापकलाई थप भत्तालगायतको व्यवस्था गरिएको र पालिकाभित्रका सबै शैक्षिक गतिविधिका बारेमा जानकारी गराइएको छ ।

पालिका अध्यक्ष राईको प्रस्तुतीकरण पश्चात टोलीले मंगलबार वडा नम्बर ६, ७ र वडा नम्बर १ को विभिन्न विद्यालयमा भ्रमण गरेको छ ।

भ्रमण पश्चात रामप्रसादराई गाउँपालिका अध्यक्ष राईले थुलुङ दुधकोशी गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको कार्य अनुकरणीय रहेको बताउँनुभयो । गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुखलगायत अन्य प्रधानाध्यापक सहित उपस्थित हुनुभएका पालिका अध्यक्ष राईले थुलुङ दुधकोशी गाउँपालिकाको शैक्षिक कार्यले रामप्रसादराई गाउँपालिकाको शैक्षिक परिवर्तनमा महत्वपुर्ण सहयोग पुग्ने बताउँनुभयो ।

२०८१ सालको एसईई परीक्षामा थुलुङ दुधकोशी गाउँपालिकाले सत प्रतिशत नतिजा ल्याउन सफल भएको पाइएकाले अध्ययन भ्रमणका लागि कार्यपालिकाले निर्णय गरेर थुलुङ दुधकोशी छनौट गरिएको अध्यक्ष राईले बताउँनुभयो । शिक्षा बिनाको विकास अधुरो हुने भन्दै अध्यक्ष राईले शिक्षा क्षेत्रमा आमुल परिवर्तनका लागि थुलुङ दुधकोशी गाउँपालिकाले गरेको कार्य अन्य स्थानीय सरकारको लागि पनि सिकाईको माध्यम बन्ने बताउँनुभयो ।

 

प्रकाशित मिति : मंगलवार, २४ मंसिर २०८२ १८:३९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ