साहस ऊर्जाले वितरण गर्यो २१ प्रतिशत बोनस सेयर, शतप्रतिशत हकप्रद जारी गर्ने
सोलुखुम्बु : साहस ऊर्जा लिमिटेडले आफ्नो सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको बुधबार सम्पन्न आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारणले सो घोषणा गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पुँजी ३ अर्ब ७८ करोड रुपैयाँको २१ प्रतिशतले हुन आउने ७९ करोड ३८ लाख रुपैयाँ बराबरको ७९ लाख ३८ करोड रुपैयाँ बराबरको ७९ लाख ३८ हजार कित्ता बोनस सेयर वितरण गर्ने भएको हो ।
कम्पनीले उक्त बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको शतप्रतिशतले हुन आउने ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।
कम्पनीले सोलुखुम्बु जिल्लामा ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत केन्द्र निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै, सहायक कम्पनी टाइम्स इनर्जी प्रालिमार्फत गोरखाको चुमनुब्री गाउँपालिकामा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण अघि बढाएको छ ।

