पर्वतारोहण संचालक संघको अध्यक्षमा पुनः पराजुली र महासचिवमा भण्डारी सर्वसम्मत
काठमाडौं । पर्वतारोहण संचालक संघको अध्यक्षमा पुनः डम्बर पराजुली सर्वसम्मत निर्वाचित भएका छन् भने महासचिवमा पनि ऋषिराम भण्डारी नै दोहोरिएका छन् ।
शुक्रबार काठमाडौंमा सम्पन्न १७औं साधारण सभाबाट संघको प्रथम उपाध्यक्षमा ईश्वरी पौडेल, द्वितीय उपाध्यक्षमा शिवराज थापा, सचिवमा दावा स्टेफन शेर्पा र कोषाध्यक्षमा दावा सम्बु शेर्पा लामा निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा कृष्ण कुमार अर्याल, मुरारी कृष्ण शर्मा, जिवन घिमिरे, नबिन त्रिताल, छाङ दावा शेर्पा, आङ बाबु शेर्पा, मिंग्मा डेभिड शेर्पा, पेम्बा शेर्पा र गोविन्द गुरुङ चयन भएका छन् । नयाँ कार्यसमितिलाई संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले खादा लगाई बधाई दिएका ज्ञापन गरेका छन् ।
सन् २००८ मा स्थापित यो संस्थाले हिमाली क्षेत्रको पर्यटन, स्थानीय पर्यटन र कमजोर समुदायमा क्लाइम्बिङलाई प्रमोट गर्दै आएको छ । हिमालमा डोरी लगाउनका लागि पर्यटन विभागले यो संस्थासँग सहकार्य गर्दै आएको छ ।

