Logo

पर्यटन सिजनसँगै एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्गमा देखिन थाले पर्यटक


सोलुखुम्बु / बसन्तकालीन सिजनको सुरुवातसँगै माप्य दुधकोशी गाउँपालिकामा रहेको एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्गमा घुम्ने पर्यटकको आगमन हुन थालेको छ । गाउँपालिकाले ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) सँगको सहकार्यमा सो पदमार्गको पहिचान गरी अघिल्लो वर्ष मात्रै औपचारिक उदघाटन गरेको थियो ।

विविधतायुक्त प्रकृति र संस्कृतिको अनुभव लिन सकिने यस पदमार्ग खुम्बु क्षेत्रको मुख्न प्रवेशद्वार पनि हो । त्यसैले पनि यसको आकर्षण बढ्दो छ ।

सगरमाथा र त्यसको फेदसम्म पुग्न नसक्ने वृद्धवृद्धा पनि यो पदमार्गमा जाने गरेका छन् । भर्खरै मात्र अल्पाइन ट्रेक्समार्फत २० जनाको जम्बो टोलीले यो पदमार्गमा भ्रमण गरेका छन् । गत वर्ष पनि थुप्रै टोलीले यस क्षेत्रको अवलोकन, भ्रमण गरेका थिए ।

समुद्री सतहबाट दुधकोशी नदीको कायास्थित ९ सय ४१ मिटरदेखि आरानडाँडाको भ्यु प्वाइन्ट ३ हजार ३ सय १० मिटरको उचाइसम्म फैलिएको यो पदमार्ग सबै उमेर समूह र सिजनका लागि उपयुक्त रहेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई बताउनुहुन्छ । अध्यक्ष राईले यो पदमार्गमा थप पर्यटकीय संरचना निर्माणको योजनालाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

सर्वोच्च शिखर सगरमाथासहित दर्जनभन्दा बढी हिमशिखरहरूलाई नजिकैबाट अवलोकन गर्न सकिने यो पदमार्ग प्रकृति र संस्कृतिको गज्जबको संयोजन रहेकाले विदेशीहरूको रोजाइमा परेको अल्पाइन ट्रेकिङ कम्पनीका संचालक अमृत राईको अनुभव छ ।

सिलगुडी डाँडा, रातानाङ्गे डाँडा, कुदाम डाँफे भीर, योतेल्म्य, जोरढुंगा, जलेश्वरी मन्दिर, सोलाबन, धजे डाँडा र आरान डाँडा मुख्य अवलोकन केन्द्र रहेको पालिकाका प्रवक्ता अमित राईले बताउनुभयो ।

पदमार्गले माप्य दुधकोशीका अलावा सोलुदुधकुण्ड नगरपालिका, खुम्बु पासाङल्हमु गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिका लगायतलाई समेट्ने वडा नम्बर १ का अध्यक्ष सज्जन राईको भनाइ छ ।

 

प्रकाशित मिति : आईतवार, २२ चैत्र २०८२ ०६:४५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ