‘थ्री फेस अफ एभरेष्ट’ सार्वजनिक: पर्यटन प्रवर्द्धनमा नयाँ आयाम
काठमाडौं / पर्यटन प्रवर्द्धनार्थ ‘थ्री फेस अफ एभरेष्ट’ शीर्षकको पुस्तक तथा नक्साहरू सार्वजनिक गरिएको छ । एभरेस्टका तीनवटै फेस (मुख) र बेस क्याम्पसम्म पुग्ने पदमार्गहरूलाई एकैसाथ समेटेर तयार गरिएको यो सामग्रीले पर्यटन क्षेत्रमा नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ।
म्याप हाउसद्वारा प्रकाशित यी पुस्तक तथा नक्साको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) सँगको सहकार्यमा सार्वजनिक गरिएको हो ।
‘थ्री फेस अफ एभरेष्ट’लाई पर्यटन उद्योगका लागि सशक्त नयाँ उत्पादनका रूपमा विकास गर्ने कामले जनाएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई एभरेस्ट क्षेत्रका विविध मार्ग र आकर्षणबारे समग्र जानकारी दिने अपेक्षा गरिएको छ।
सार्वजनिक कार्यक्रममा पर्यटन तथा पर्वतीय क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

