Logo

सडक छेउका पेट्रोल पम्प हटाइँदै


मूल सडकसँग जोडिएका पेट्रोल पम्पहरू सरकारले हटाउने भएको छ। मन्त्रिपरिषदले हटाउने निर्णय गरेपछि त्यसको प्रक्रिया सुरु भएको छ।

मन्त्रिपरिषदको पुस १५ गतेको बैठकले सडकसँग जोडिएका पम्पहरु हटाउने निर्णय गरेको थियो। सोहीअनुसार सरकारले पहिलो चरणमा आफैँ हट्न पम्पहरुलाई पत्राचार गरेको हो।

सरकारले सुरुमा कलंकीदेखि चापागाउँसम्मका १८ वटा पेट्रोलपम्प स्थानान्तरण गराउने तयारी गरेको छ। उक्त पम्पहरुलाई सोही स्थानमा रहेका प्रहरी प्रशासनमार्फत हट्न सूचना जारी गरिएको छ। नेपाल आयल निगमका अनुसार प्रहरीमार्फत पहिलो चरणमा सूचना गराइएको छ। उनीहरु आफैँ स्थानान्तरण भए राम्रो हुने भन्दै यो प्रक्रिया अपनाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

पहिलो चरणमा कलंकीको बाबा, श्यामा र त्रिशूल पेट्रोल पम्प, बालाजुको कोतःधुकु, कालीमाटीको कनक, थापाथलीको जयन्ती र मायाराम भोलाराम पेट्रोल पम्प महाराजगञ्जको सीता, गैरीगाउँको भ्याली रिकेश, कोटेश्वरको कामाख्या, बौद्धका जुबी र बराल, जाउलाखेलको साझा, एचपी इन्टरनेसनल तथा चापागाउँका बज्रबाराही, बालकुमारी पेट्रोल पम्प र टिका भैरव डिजेल स्टोरलाई परेका छन्।

प्रकाशित मिति : मंगलवार, २९ पुष २०७६ ००:२६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ