Logo

स्थानीय तहमा भ्रष्टाचार बढ्यो : अख्तियार [प्रतिवेदनको पूर्णपाठसहित]


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको एक सर्वेक्षणले देशका स्थानीय तहमा भ्रष्टाचार बढेको निष्कर्ष निकालेको छ।

आयोगले देशव्यापी रुपमा गरेको सर्वेक्षणबाट भ्रष्टाचारको आयातन झनै फराकिलो भएको भन्दै चिन्ता व्यक्त गरेको हो।

आयोगले सर्वेक्षणको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ५५ प्रतिशत भ्रष्टाचार नगदमा हुने गरेको उल्लेख गरेको हो। ‘स्थानीय तहमा भ्रष्टाचार भएको अनुभव गर्नेको संख्या ५५ प्रतिशत रहेको देखिएको छ,’ अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले भने।

‘हामीले आफू संलग्न नभएर स्वतन्त्र अनुसन्धानकर्तालाई जिम्मेवारी दिएका हौं,’ उनले भने, ‘प्रतिवेदन हेर्दा स्थानीय तहमा सुधार गर्नुपर्ने धेरै विषय छन्।’

सर्वोक्षणमा सहभागी करिब १५ प्रतिशतले स्थानीय तहबाट भ्रष्टाचार भोगेको प्रतिक्रिया दिएका थिए भने २७ प्रतिशत सहभागीले निर्वाचनपछि स्थानीय तहमा भ्रष्टाचार अत्यधिक बढेको प्रतिक्रया दिएका थिए।

करिब ३ हजार सेवाग्राहीमा सो सर्वेक्षण गरिएको थियो।

सर्वेक्षणमा सहभागी सेवाग्राहीमध्ये करिब ७२ प्रतिशतले दण्डहीनताका कारण भ्रष्टाचार भएको प्रतिक्रिया दिएका थिए।

३७ प्रतिशतले राजनीतिक संरक्षणका कारण भ्रष्टाचार बढेको प्रतिक्रिया दिएका थिए।

हेर्नुहोस् पूरै प्रतिवेदन:

प्रकाशित मिति : मंगलवार, २९ पुष २०७६ ००:५२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ