Logo

प्रदेश १ मा स्वीसको एक अर्ब अनुदान


विराटनगर, ३ माघ। स्विट्जरल्याण्ड सरकारले प्रदेश नम्बर १ का लागि एक अर्ब अनुदान दिने भएको छ । शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा विराटनगरमा सोसम्बन्धी  द्विपक्षीय सहमति पत्रमा हस्ताक्षर भएको हो ।

राजधानी बाहिर पहिलो पटक भएको द्विपक्षीय अनुदान सम्झौतामा नेपाल सरकारको अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा विराटनगरमा सहमति पत्रमा हस्ताक्षर भएको सहसचिव श्रीकृष्ण नेपाल र स्विट्जरल्याण्डकी राजदूत एलिजावेद वन काप्लरले हस्ताक्षर गरे ।

 

सम्झौता अनुसार स्विट्जरल्याड सरकारको १ अर्ब अनुदान गर्नेछ । जसमा प्रदेश सरकारको २० करोड थप गरी रणनीति निर्माणमा खर्च गर्नुपर्नेछ । अनुदान रकम चार वर्षभित्र खर्च गरिसक्नुपर्नेछ ।

मुख्यमन्त्री शेरधन राईले दुई वर्षयता बनाउने भन्दै आएको ‘चिफ मिनिस्टर ड्यास बोर्ड’ पनि सोही अनुदानबाट बनाइने छ । प्रदेश १ का सबै स्थानीय तहसँग सिधा सम्पर्कका लागि मुख्यमन्त्रीले ‘चिफ मिनिस्टर ड्यास बोर्ड निर्माण गरिनेछ ।

प्रदेश सहयोग कार्यक्रमले प्रदेशको समता मुलक विकास र सार्वजनिक सेवा प्रवाह, नीति निर्माण र भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्नेछ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विदेशी निकायको सहायतासँगै प्रविधि पनि भित्रिने बताएका छन् । हस्ताक्षरपछि बोल्दै मन्त्री खतिवडाले आर्थिक सहायतासँगै प्रविधि पनि आउने बताए ।

 

 

 

प्रकाशित मिति : शुक्रबार, ३ माघ २०७६ २२:२६
प्रतिक्रिया दिनुहोस्