Logo

अनलाइन सपिङका नाममा उपभोक्ता ठग्ने दराज कम्पनीलाई ३ लाख जरिवाना


काठमाडौँ, २० माघ । अनलाईन सपिङको नाममा उपभोक्ता ठगी गर्दै आएको दराज क्यामुलाई ३ लाख जरिवाना भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको भन्दै जरिबाना गरेको हो । विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा ‘ङ’ बमोजिम दराजमाथि कारबाही गरिएको जनाएको छ ।

दराज कम्पनीले वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गरेको, वस्तुको कृत्रिम अभाव सृजना, जम्माखोरी गर्ने वा बिक्री गर्ने गरेको, त्रुटिपूर्ण उत्पादनबाट नष्ट भएको वस्तुको मूल्य वा व्यापारिक कारोबारको सिलसिलामा करार भएको वस्तुको मूल्य समेत अन्य वस्तुको लागत मूल्यमा समावेश गरी बिक्री गर्ने गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, २० माघ २०७६ २०:१३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ