Logo

‘माओवादी जनयुद्धको नक्कल अब सम्भव छैन’ : प्रचण्ड


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धको नक्कल अब सम्भव नभएको बताएका छन्।

बिहीबार जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जलि सभामा अध्यक्ष प्रचण्डले विप्लवलाई संकेत गर्दै फेरि पुरानै प्रकारको जनयुद्ध सम्भवन नभएको बताए। ‘केही साथीहरु जनयुद्धको नक्कल गर्न लाग्नु भयो, त्यो सम्भव छैन’, उनले भने।

अध्यक्ष प्रचण्डले आफूहरुले समय र परिस्थितिको मूल्यांकन गर्दै जनयुद्ध रोकेर शान्ति प्रक्रियामा आएको बताउ। सोही अवस्थामा जनयुद्ध अगाडि बढाएको भए थप क्षति व्यहोर्नुपर्ने उनको दावी थियो।

‘जनयुद्धलाई थप अगाडि बढाएको भए पेरुको गोञ्जालो र श्रीलंकाको लिट्टेजस्तो हालतमा पुगिन्थ्यो’, अध्यक्ष प्रचण्डले भने।

शान्ति प्रक्रियामा आएर राक्रो गरेको भए पनि २०७० को दोस्रो संविधानसभाको चुनावमा कमजोर भएपछि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरिएको उनको भनाई थियो। समाजवादको बाटोका अगाडि बढ्न यो एकता अपरिहार्य भएको रविचार र नेतृत्व भएकै कारण एकता टुंगोमा पु¥याइएको उनको भनाई थियो।

कार्यक्रममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली सहभागी हुने भनिए पनि उनी सहभागी भएनन् भने वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पनि उपस्थित भएनन्। कार्यक्रममा पूर्व एमाले पक्षका उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल भने उपस्थित थिए।

प्रकाशित मिति : बिहीबार, १ फाल्गुन २०७६ १२:०१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ