Logo

सुन मुल्य तोलाको ८० हजार नजिक पुग्यो ! 


काठमाडौं – सुन मुल्य आज तोलामा ७ सय रुपैयाँले बढेको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण उकालो लाग्दै गएको सुन छापावाला तोलमा आज हिजो भन्दा ७ सय रुपैयाँ बढेर ७८ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यो अहिले सम्मकै उच्च हो। तेजावी सुन तोला ७८ हजार ५ सय र चाँदी ९ सय २० रुपैयाँ केजीमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

मूल्य आकाशिएपछि नेपाली बजारमा सुनको बिक्री ह्वात्तै घटेको छ ।

प्रकाशित मिति : आईतवार, ११ फाल्गुन २०७६ १२:४८
प्रतिक्रिया दिनुहोस्