Logo

परिमार्जन नगरी एमसीसी पारित नहुने प्रचण्डको स्पष्टोक्ती


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यदलको सुझावअनुसार परिमार्जन नगरी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नहुने बताएका छन् ।

प्रेस संगठन नेपालले शनिवार सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी ५५ अर्ब रुपैयाँका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए ।

अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने उल्लेख गरे । आग्रहलाई मञ्जुर नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनको भनाइ थियो ।

उनले अहिले संविधान संशोधन नहुने बताउँदै पार्टीको निर्णयअनुसार उपाध्यक्ष गौतम नै राष्ट्रियसभा सदस्यमा मनोनित हुने दोहोर्‍याए ।

अध्यक्ष प्रचण्ड शनिवारदेखि शुरू हुने नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजित चौतारा सागाचोकगढी नगरपालिकाको सुनकोशीस्थित सुकुटे महोत्सवको उद्घाटन गर्न शुक्रवार सिन्धुपाल्चोक पुगेका हुन् ।
प्रकाशित मिति : शनिबार, १७ फाल्गुन २०७६ १६:५१
प्रतिक्रिया दिनुहोस्