Logo

एफएनसीसीआईको आसन्न निर्वाचनमा प्रकाशसिंह कार्कीले पनि उम्मेद्धारी दिने


काठमाडौं । सफल उद्योगी तथा समाजसेवी प्रकाशसिंह कार्कीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसी)को आसन्न निर्वाचनमा केन्द्रीय सदस्य पदमा उम्मेद्धारी दिने भएका छन् ।

यही आउँदो चैत्र २८ र २९ गते वार्षिक साधारण सभासँगै हुन लागिरहेको महासंघको निर्वाचनमा कार्कीले केन्द्रीय सदस्यमा उम्मेद्धारी दिन लागेका हुन् ।

यसैबीच, नेपाल फ्रेड फर्वाडर्स एसोसिएसन (नेफा)ले कार्कीलाई महासंघको निर्वाचनमा वस्तुगत संघतर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्धार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

सोलुखुम्बुमा जन्मिएका कार्की महासंघका वर्तमान केन्द्रीय सदस्य तथा नेफाका अध्यक्षसमेत हुन् ।

प्रकाशित मिति : बिहीबार, २२ फाल्गुन २०७६ ०१:५८
प्रतिक्रिया दिनुहोस्