Logo

समाचारका नाममा भ्रम छर्ने अनलाइन मिडिया बन्द गर्दैछाैँः कार्यवहाक अध्यक्ष श्रेष्ठ


काठमाडाैँ । प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले पत्रकार आचारसंहिता विपरित अराजकता मच्चाउने अनलाइन सञ्चार माध्यम बन्द गर्ने चेतावनी दिएका छन । कार्यबहाक अध्यक्ष श्रेष्ठले केही अनलाइन सञ्चार माध्यमले भ्रम छर्ने काम मात्र गरेकाले अब त्यस्ता अनलाइन बन्द गर्ने जानकारी दिए ।

बिहीबार काठमाडौंमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको पत्रकार आचारसंहिता सम्बन्धी सचेतना कार्यक्रममा कार्यबहाक अध्यक्ष श्रेष्ठले भने ‘प्रेस काउन्सिलमा पत्रकार छन हामीले जति जे लेखेपनि केही हुँदैन भनेर अहमता प्रस्तुत गर्ने र पत्रकारिताको नाममा भ्रम छर्ने काम गर्ने त्यस्ता सञ्चारमाध्यम अब दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेर ब्लक गरिन्छ ।’

 

उनले गलत समाचार सामाजिक सञ्जालमा सेयर गर्ने, लाइक गर्ने र कमेन्ट गर्ने पनि कारबाहीको दायरमा आउने बताए । उनले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिकाको बारेमा सम्झाउदै भ्रम छरेर जनतामा निराशा बाँड्ने र गलत विषय प्रवर्द्धन गर्नेहरू अब कारबाहीको दायरामा आउने बताए ।

उनले भने पत्रकारहरूले पनि कानुन मन्नु पर्छ । उनीहरू कानुन भन्दा माथि हुन्न । समाचारको नाममा भ्रमको व्यापार गर्ने र समाजमा नकारात्मक बढाउने काम प्रेस काउन्सिलले आँखा चिम्लेर हेर्दैन ।

अति नै भएको छ अब छाड्दैनौँ । सोही कार्यक्रममा कार्यबहाक अध्यक्ष श्रेष्ठले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल ३ करोड नेपालीको भाग्य र भविष्य रहेको भन्दै कोरोना अर्थात कोभिड १९ को रोकथामका लागि गरेको पहलकदमीको मुक्तकण्ठले प्रशंशा गरे ।

प्रकाशित मिति : बिहीबार, ६ चैत्र २०७६ २१:२६
प्रतिक्रिया दिनुहोस्