खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पाको निधन
सोलुखुम्बु। खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाको निधन भएको छ । क्यान्सरवाट थलिएको शेर्पाको ३९ बर्षको उमेरमा मंगलबार विहान निधन भएको गाउँपालिका प्रबक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिए ।
पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि उनी लामो समयदेखि विरामी थिए । पछिल्लो समय उनी हलचलसमेत गर्न नसक्ने अवस्थामा पुगेका थिए । उनी नेकपा सोलुखुम्बुको जिल्ला कमिटि सदस्य पनि हुन् ।
मिलनसार र विकासप्रेमी शेर्पाको निधनले नेकपालाई गम्भिर क्षति पुगेको नेताहरुले बताएकाछन् । शेर्पाको निधनप्रति राजनीतिक दलका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले दुख व्यक्त गरेकाछन् ।