Logo

सगरमाथाको उचाइ घोषणा तयारी


काठमाडौं । विश्वको सर्वोच्च शिखरसगरमाथाको उचाइ मापनको काम सकिएको एक बर्षपछि सगरमाथाको उचाइ घोषणा तयारीको काम अन्तिम चरणमा पुगेको छ । उचाई घोषणाको लागि अब कुनै प्राबिधिक काम बाँकी नरहेको नापी विभागको भनाई छ ।

उचाइ घोषणाको काम कसले कसरी गर्ने भन्ने सम्बनधमा नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग छलफल गरिरहेको जनाएको छ ।

अघिल्लो बर्षको अक्टोबार महिनामा चिनियाँ राष्ट्रपति सि जिनफिङको भ्रमणको समयमा संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएका कारण संयुक्त रुपमा घोषणाका लागि पर्खेको नापी विभागको भनाई छ ।

राष्ट्र«पति सि जिनफिङको भ्रमण पश्चात जारी गरिएको संयुक्त विज्ञप्तिको बुँदा नं ८ मा भनिएको छ, ‘सगरमाथालाई दुई देशबीचको मित्रताको अनन्त प्रतीक मान्दै दुवै देशले विभिन्न क्षेत्रमा सहकार्य प्रवद्र्धन गर्नेछन् जस्तो जलवायु परिवर्तनको विषय र वातारण प्रवद्र्धनमा सहकार्य गर्ने छन् । दुवै मुलुकले सगरमाथाका उचाई संयुक्त रुपमा घोषणा गर्नेछन् र बैज्ञानिक अध्ययन गर्नेछन् ।’

सो भ्रमणपछि चिनियाँ अधिकारीहरुले सन् २०२० को मे महिनामा चीनतर्फबाट उचाइ मापन शुरु गरेका थिए ।

सगरमाथाको उचाइ ८,८४८ मिटर हो । तर, २०७२ सालको भूकम्प र अन्य कारणले उचाइमा केही तलमाथि भएको र लामो समयदेखि मापन नभएका कारण नेपालले आफैंले उचाइ मापनको काम अगाडि बढाएको हो ।

सरकारी अधिकारीहरुका अनुसार नेपालको तर्फबाट काम सकिएपनि दुई पक्षको बीचमा डाटा र सूचनाहरुको आदान–प्रदान, एक पक्षले अर्को पक्षले गरेको मापनको काम परीक्षण र केही गल्ती भएको भए त्यसलाई पुनः परीक्षण गर्नेलगायतका काम गर्नुपर्ने भएकाले केही ढिलाइ भएको हो ।

भूमिसुधार मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीले उचाई घोषणको लागि तयारी अवस्थामा रहेको बताए ।

प्रकाशित मिति : बुधबार, २८ आश्विन २०७७ ११:५५
प्रतिक्रिया दिनुहोस्