Logo

नेपाल र नेपालीको नाममा नयाँ विश्व रेकर्ड स्थापित गरेका युवालाई प्रमाणपत्र


काठमाडौँ : नेपाल र नेपालीको नाममा नयाँ विश्व रेकर्ड स्थापित गरेका युवालाई प्रमाणपत्र प्रदान गरिएको छ। पिम नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा उक्त प्रमाणपत्र वितरण गरिएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले संसारको अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर वर्ल्ड रेकर्ड बनाएका निर्देशक माधवराज खरेल, निर्माताद्वय कमला जोशी र पुष्कर नेपाल र गायक पूर्ण राईलाई प्रमाणपत्र प्रदान गरेका हुन्।

साझा हिमाल गीत निर्माण गर्न सघाउने कलाकारहरू श्रीदेव भट्टराई, दीर्घराज जोशी, नयनराज जोशी, विश्वास पराजुली, सञ्चबहादुर राई, सुषमा भट्टराई, दृश्य सुवेदी, गोपाल ढकाल (छन्दे), प्रमिला राई, शान्तिप्रिय, राजन खरेल, विपिन भाट, अस्मिता श्रेष्ठ, शोमा खत्री, कानुनी सल्लाहकार राजेन्द्र शर्मा, राजन थापा, किरण चौधरी, रोशन श्रेष्ठलगायतलाई पनि गिनिज वल्‍ र्ड  रेकर्डबाट प्राप्त सहभागिताको प्रमाणपत्र प्रदान गरिएको छ। त्यस्तै कार्यक्रममा गायिका सरिता भारतीलाई गायन सम्मान प्रदान गरिएको थियो।

प्रकाशित मिति : शनिबार, २५ पुष २०७७ १०:३२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ