Logo

सगरमाथामा बाटो खुल्यो, वसन्तकालिन आरोहण सिजन औपचारिक रूपमा सुरु


काठमाडौं, ३० वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण गर्दै २०२६ वसन्त ऋतु पर्वतारोहण सिजनका लागि आधिकारिक रूपमा आरोहण मार्ग निर्माण तथा डोरी टाँग्ने कार्य सम्पन्न भएको छ। पर्वतारोहण सञ्चालक संघ नेपाल (इओएएन) अन्तर्गत मिङमा दोर्जी शेर्पाको नेतृत्वमा खटिएको बाटो खोल्ने तथा डोरी टाँग्ने टोलीले सो कार्य सफलतापूर्वक सम्पन्न गरेको हो ।

मार्ग निर्माण तथा डोरी टाँग्ने कार्य सम्पन्न भएसँगै अब २०२६ वसन्त ऋतुको सगरमाथा आरोहण अभियान औपचारिक रूपमा सुरु भएको छ।

संघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार टोली आज बिहान करिब १०:२५ बजे सगरमाथाको चुचुरोमा पुगेको थियो। टोलीले चुचुरोमा पुगेर नेपाल सरकार, पर्यटन विभाग तथा इओएएनको झण्डा फहराउँदै यस वर्षको आरोहण सिजनका लागि सुरक्षित मार्ग तयार गरेको जनाएको छ।

अत्यन्त प्रतिकूल मौसम, उच्च हिमाली जोखिम तथा चुनौतीपूर्ण परिस्थितिका बीच नेपाली शेर्पा टोलीले पुनः आफ्नो साहस, क्षमता र समर्पण प्रदर्शन गरेको संघका महासचिव ऋषि भण्डारी बताउनुहुन्छ ।

टोलीमा पेम दोर्जी शेर्पा, पासाङ टाशी शेर्पा, लोप्साङ भुटिया, मिङ नुर्बु शेर्पा, छोम्बा तेन्जी शेर्पा, गुरु भोटे, मिङ्मा दोर्ची शेर्पा, मिङ्मा तेन्जी शेर्पा, मिङ्मा तेम्बा शेर्पा, डेण्डी शेर्पा र पासाङ नुर्बु शेर्पा  रहनुभएको थियो ।

प्रकाशित मिति : बुधबार, ३० बैशाख २०८३ १९:५१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ