Logo

७०औँ आरोहण दिवसको दोस्रो दिन : पोखरामा मनास्लु हिमालको थ्रीडि मोडेल अनावरण


पोखरा, २७ बैशाख । ७०औँ अन्तर्राष्ट्रिय सगरमाथा आरोहण दिवसको दोस्रो दिन नेपाल पर्वतारोहण संघ (एमएमए), चुमनुब्री गाउँपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

सो अवसरमा चुमनुब्री गाउँपालिकाद्वारा निर्मित मनास्लु हिमालको थ्रीडी मोडेल पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अनावरण गरिएको छ ।

उक्त मोडेलले मनास्लु क्षेत्रको पर्यटन प्रवर्द्धन, हिमाली सभ्यता र संस्कृतिको संरक्षण तथा पर्वतीय पर्यटनबारे आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा जानकारी प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

एमएमएका अध्यक्ष फुर गेल्जे शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सरकारका माननीय मन्त्री रेखा गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

त्यसैगरी मित्रराष्ट्र जापानका कार्यवाहक राजदूत, चुमनुब्री गाउँपालिकाका अध्यक्ष, जापानी पर्वतारोही केनिओ इमानिसी तथा माणिराज लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : आईतवार, २७ बैशाख २०८३ २०:३५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ