Logo

अवार्ड समारोहमै जब अभिनेत्री नाङ्‍गिइन्


फ्रान्समा आयोजित पुरस्कार समारोहमा एक अभिनेत्री आफ्नो कपडा उतारेर यो सन्देश दिन चाहिन्, कोरोना महामारीका बेला सरकारले सँस्कृति बचाउनका लागि केही कदम उठाउन जरुरी छ।

एजेन्सीका अनुसार ५७ वर्षीया अभिनेत्री कोरेन मासिरो सिजर अवार्ड समारोहमा यस्तो गरेकी हुन्। सिजर अवार्डलाई फ्रान्समा अस्करसँग तुलना गर्ने गरिन्छ।

उनी मञ्चमा गधाको पहिरनमा पुगेकी थिइन्। रगतले लतपतिएको कपडसमेत उनले पहिरिएकी थिइन्। फ्रान्समा सिनेमा घर विगत केही समयदेखि बन्द भएको र त्यस निर्णयप्रति कलाकारहरु रुष्ठ छन्।

उनी नाङ्गिता उनको शरीरमा लेखिएको थियो- सँस्कृति छैन भने भविष्य पनि छैन। उनले प्रधानमन्त्रीलाई हामीलाई हाम्रो कला फिर्ता गरिदेउ भन्दै सन्देशसमेत दिन चाहेकी थिइन्।

प्रकाशित मिति : मंगलवार, ३ चैत्र २०७७ ११:२३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ