Logo

भ्वाइस अफ नेपालको नकआउट राउण्डमा छानिए ३६ प्रतिस्पर्धी, कुन टिममा को ?


काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को नकआउट राउण्डका लागि ३६ जना प्रतिस्पर्धी छनोट भएका छन् । शनिबार बेलुकाको एपिसोडसँगै ब्याटल राउण्ड सम्पन्न भयो ।

ब्याटल राउण्डबाट केही क्षमतावान प्रतिस्पर्धी पनि बाहिरिनुपर्‍यो । अब नकआउट चरणमा एक जना कोचको समूहबाट नौ जनाले प्रतिस्पर्धा गर्ने छन् । आगामी शुक्रबारदेखि सुरु हुने नकआउट राउण्ड थप रोचक र कौतुहलपूर्ण हुने अनुमान गरिएको छ ।

नकआउट चरणमा छनोट हुनेमा कोच उदय सोताङको समूहमा कुमार प्रयास, लक्ष्मी राना, ममता हिङमाङ, रोजिना बस्नेत, सुमी एमसुहाङ सुब्बा, विवेक बस्नेत, गीताञ्जली थापा, प्रवृत्ति राई र आलिया गुरुङ छन् ।

कोच मिलन नेवारको समूहमा विना राई, फेथम ब्याण्ड, कञ्चन पुन मगर, कुर्वान अली मिया, मान्मा बी राई, सुसन बागदास, तृजा प्रधान, विमला गुरुङ र नारायण गहतराज छन् ।

कोच प्रमोद खरेलको समूहमा दिग्जेल तामाङ, गीता गुरुङ, मनिषा सुनार, नोगेन हाङसा रुम्बा, प्रशान्त सिवाकोटी, शिवानी बीके, तेन्जिङ डोल्मा गुरुङ, अपेक्षा राई र अमित रसाइली नकआउटमा पुगेका छन् ।

कोच राजेशको समूहमा आश्विन राई, दीपक तामाङ, मकर हेन्जान, मिलन बीके, प्रमिला बानियाँ, स्मिता प्रधान, सोनम समाल, रिजन लोहनी र मोनिका राई छन् ।

द भ्वाइस अफ नेपाल हिमालय टिभीमा प्रसारण हुँदै आएको छ ।

प्रकाशित मिति : सोमबार, ११ मंसिर २०८० १२:०४
प्रतिक्रिया दिनुहोस्