Logo

‘भोइस् अफ नेपाल ५’ का प्रतिस्पर्धी कुमार प्रयास जिताऔं अभियान सुरु, भोट गर्न अपिल


काठमाडौं । अहिले जारी रियालिटी सो द भ्वाइस अफ नेपालको सिजन ५ बाट भोटिङ राउण्डमा प्रवेश गरेका प्रतिस्पर्धी कुमार प्रयास राई जिताऔं अभियान अघि बढाइएको छ । सो अभियानका लागि गायक पूर्ण राईको संयोजकत्वमा एक समिति नै गठन गरी अभियान थालिएको हो ।

समितिले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गरी अभियानको बारेमा अभियान संस्थागत रुपमा सुरु भएको जानकारी दिईरहेको जानकारी दिए । ‘हामी जितको नजिक पुगिसकेको आभास भैरहेको छ’ संयोजक राईले भने, ‘हामीलाई हार्ने छुट छैन । सोलुखुम्बु जिल्लालाई द भ्वाइस अफ नेपालले लोभलाग्दो उपलब्धि दिलाएको छ । यो उपलब्धिलाई हामीले जुनसुकै समय र परिस्थितिमा पनि जित निकाल्नै पर्छ ।’

उनले द भ्वाइस अफ नेपालको टाईटल लिएर सगरमाथाको आधार शिविरमा विजयोत्सव मनाउनका लागि सबै लाग्न आग्रह गरे । द भ्वाइस अफ नेपाल सिजन ५ को प्रतिस्पर्धी कुमार प्रयास राईले अहिलेको समर्थन र सहयोग देख्दा आफू जिते सरह महशुस गरेको बताएका छन् । ‘यति धेरै उपस्थिति मेरै लागि आउनु भएको छ’ उनले भने ‘म धेरै खुशी छु । निर्णायकको भूमिका सकिएकोले भोटिङ राउण्डमा भोटबाट मात्रै अगाडि बढ्न सक्ने भएकाले भोटिङ गर्न अनुरोध गर्दछु ।’

पत्रकार सम्मेलनमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष एवं नेकपा माओवादी केन्द्र सोलुखुम्बुका संयोजक असिम राईले कुमार प्रयास नेपाली सांगीतिक क्षेत्रमा उम्दा ताराको रुपमा आएकाले सबैले सहयोग गर्न अनुरोध गरे ।

‘सोलुखुम्बुको विकट क्षेत्रमा जन्मिएर राष्ट्रिय स्टेजमा पुगेको भाई कुमार प्रयास निकै ठूलो संघर्ष गरेर यो स्थानमा आएको हो’ अध्यक्ष राईले भने ‘कुमार प्रयासले ९९ प्रतिशत काम गरिसकेका छन् । अब सहयोग गर्ने हाम्रो पालो आएको छ । अब अरू जर्जहरूको प्रतिस्पर्धामा उतार्न सक्ने गरी हामीले भोटिङ गर्नुपर्छ । जसरी पनि जिताउनु पर्छ भन्ने ढृड ईच्छा हुनुपर्छ । डिजिटल प्रविधिको सक्दो प्रयोग गर्न सक्ने युवाहरूको समिति बनाएर भोटिङ गर्नुपर्छ । आर्थिक व्यवस्थापनको लागि चाहिने रकम सहयोग गर्ने प्रतिवद्वता व्यत्त गर्दछु ।’

उनले कलाकार देशको गौरव भएको बताए । ‘कलाकार देशको गहना नभई, गौरव हो’ अध्यक्ष राईले थपे, ‘गीत गाएर पनि देश र समाजलाई अमूल्य योगदान दिन सकिन्छ ।’

जिमी राई उत्थान समाज सोलुखुम्बुका अध्यक्ष यशबहादुर राईले भ्वाइसका प्रतिस्पर्धी कुमार प्रयासलाई आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘अकबरी सुनलाई कसी लगाउनु पर्दैन भनेझै प्रयास भाईले आफ्नो कला देखाईसक्नु भएको छ । उहाँलाई जिताउनको लागि म कुनै कसर बाँकी राख्ने छैन’ अध्यक्ष राईले भने, ‘अत्यन्तै उर्जाशील भाईहरू यो अभियानमा जोडिनु भएकाले कुमार भाईको जीत निश्चित जस्तै छ ।’

सफल व्यवसायी बलराम गुरूङले आफ्नै जिल्लाबाट द भ्वाइस अफ नेपालको स्टेजमा पुगेर दमदार प्रस्तुती दिएर सोलुखुम्बुबासीको नाम राख्न सफल भएकोमा खुशी व्यक्त गरे ।

अर्का व्यवसायी वसन्त वनले रियालिटी शो भएकाले शुभेच्छुकहरु माझ व्यापक प्रचार प्रसार गरेर लैजानु पर्ने बताएका छन् ।

कार्यक्रममा कुमार प्रयासका शुभेच्छुकहरुको उलेख्य उपस्थिति रहेको थियो । कुमार प्रयास राई जिताऔं अभियान समितिले आजैदेखि आर्थिक सहयोग संकलन गर्नको लागि बैक खाता र क्यूआर कोड विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ । द भ्वाइस अफ नेपालको आउने साताको शुक्रबारदेखि भोटिङ राउण्ड शुरु हुनेछ ।

प्रकाशित मिति : शुक्रबार, २२ मंसिर २०८० १७:१७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ