Logo

युरो २०२० अन्तिम १६ को तालिका: इंगल्यान्डले जर्मनीको सामना गर्ने, बेल्जियमलाई पोर्चुगलको चुनौती


काठमाडौँ : युरो २०२० को अन्तिम १६ मा इंगल्यान्ड र जर्मनीको भेट पक्का भएको छ । इंगल्यान्ड समूह ‘डी’ को विजेता बन्दै युरोको प्रि-क्‍वार्टरफाइनल प्रवेश गरेको हो भने जर्मनी बुधबार राति समूह ‘एफ’को उप-विजेता बन्यो । दुई टिम आउँदो मंगलबार साँझ लन्‍डनको वेम्बली रंगशालामा आमनेसामने हुनेछन् ।

बुधबार समूह ‘एफ’मा दुवै खेल बराबरीमा सकिएका थिए । जर्मनी हंगेरीसँग २-२ को बराबरीमा रोकियो भने फ्रान्स र पोर्चुगलले पनि २-२ कै बराबरी खेले । तीन खेलबाट पाँच अंक बनाएको फ्रान्स समूह विजेता बन्यो । अब फ्रान्सले अन्तिम १६ मा स्विटजरल्यान्डको चुनाती सामना गर्नेछ । सो खेल रोमानियाको राजधानी बुकारेस्टस्थित नेसनल ऐरेनामा आउँदो मंगलबार राति हुनेछ । 

युरोको पहिलो प्रि-क्‍वार्टरफाइनलमा आउँदो शनिबार साँझ वेल्स र डेनमार्क भिड्नेछन् । दुवै टिम आ-आफ्ना समूहबाट उप-विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । शनिबार राति नै अर्को प्रि-क्‍वार्टरफाइनलमा इटालीले अस्ट्रियाको सामना गर्नेछ । इटाली समूह ‘ए’ को विजेता हो भने अस्ट्रिया समूह ‘सी’ को उप-विजेता हो । वेल्स र डेनमार्कबीचको खेल आम्सटेरडामको योहान त्रुफ एरेनामा हुनेछ भने इटाली र अस्ट्रिया वेम्बलीमा भिड्नेछन् । 

जारी युरोमा स्विटजरल्यान्ड बाहेक आ-आफ्ना समूहमा तेस्रो हुने पोर्चुगल, चेक गणतन्त्र र युक्रेनले पनि आन्तिम १६ मा स्थान बनाए । पोर्चुगलले अन्तिम १६ मा बेल्जियमको सामना गर्नेछ । दुई टिम स्पेनको सेभिलमा आउँदो सोमबार राति आमनेसामने हुनेछन् ।

त्यस्तै, समूह ‘बी’ को विजेता नेदरल्यान्ड्सले चेक गणतन्त्रको चुनौती सामने गर्नेछ । सो खेल आइतबार साँझ हंगेरीको बुडापेस्टमा खेलाइनेछ । अन्तिम १६ कै अर्को खेलमा समूह ‘ई’ को विजेता स्विडेनले समूह ‘सी’ मा तेस्रो स्थानमा रहेको युक्रेनसँग खेल्नेछ । सो खेल मंगलबार राति गस्गोमा हुने तालिका छ । 

अन्तिम १६ मा पुग्ने टोली  :
समूह विजेता : इटाली, बेल्जियम, नेदरल्यान्ड्स, स्विडेन र फ्रान्स 
समूह उप-विजेता : वेल्स, डेनमार्क, अस्ट्रिया, क्रोएसिया, स्पेन र जर्मनी
उत्कृष्ट हुने तेस्रो टिम : स्विटजरल्यान्ड, चेक गणतन्त्र, युक्रेन र पोर्चुगल 

अन्तिम १६ का खेल : 
वेल्सविरुद्ध डेनमार्क (आम्सटेरडाम), शनिबार साँझ ९ः४५ 
इटालीविरुद्ध अस्ट्रिया (लन्डन), शनिबार राति, १२ः४५
नेदरल्यान्ड्सविरुद्ध चेक गणतन्त्र (बुडापेस्ट), आइतबार साँझ ९ः४५ 
बेल्जियमविरुद्ध पोर्चुगल (सेभिल), आइतबार राति १२ः४५  
क्रोएसियाविरुद्ध स्पेन (कोपेनहेगन), सोमबार साँझ ९ः४५ 
फ्रान्सविरुद्ध स्विटजरल्यान्ड (बुकारेस्ट), सोमबार राति १२ः४५ 
इंगल्यान्डविरुद्ध जर्मनी (लन्डन), मंगलबार साँझ ९ः४५
स्विडेनविरुद्ध युक्रेन, मंगलबार राति १२ः४५ 

प्रकाशित मिति : बिहीबार, १० असार २०७८ १३:१७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ