Logo

राष्ट्रिय महिला फुटबल खेलाडी प्रिति राई र गायक प्रयास सम्मानित


काठमाडौं/ नेपाल महिला राष्ट्रिय फुटबल टिमकी सदस्य प्रिति राई सम्मानित भएकी छन् । राष्ट्रिय खेलाडी राईलाई सिर्जनशील युवा एकता समाज, काँगेलको सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चले सम्मान गरेको हो ।

शनिबार (आज) काठमाडौंको कपनस्थित शारदा एकेडेमीमा आयोजित सम्मान कार्यक्रममा राईलाई रक्षामन्त्री मानवीर राई, कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा (कर्ज्याङ), सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईलगायतले संयुक्त रुपमा नगद राशीसहित सम्मानपत्र प्रदान गरे ।

नगद राशी ५५ हजार  पाँच सय ५५ रुपैयाँ रहेको छ ।

सम्मानित भएपछि राईले आफूले खेल क्षेत्रबाट राष्ट्रका लागि योगदान गर्ने प्रतिबद्धता जनाइन् ।

सोही अवसरमा भोइस अफ नेपाल सिजन ५ का सेकेन्ड रनरअप उपाधि चुम्न सफल गायक तथा सङ्गीतकार कुमार प्रयास पनि सम्मानित भएका छन् ।

सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्रिय खेलाडी प्रिती र गायक प्रयासको योगदानको चर्चा गर्दै प्रशंसा गरेका थिए । सो कार्यक्रममा विविध सांगीतिक प्रस्तुती प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : शनिबार, २९ चैत्र २०८१ २०:३६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ