Logo

११ वर्षमै देशको नाम राख्दै योजना गौलीले ल्याइन् अन्तर्राष्ट्रिय पदक, सहभागि सबैले ल्याए मेडल


काठमाडौं । धादिङ पुर्ख्यौली घर भएर हाल काठमाडौं स्थायीबासी योजना गौलीले ११ वर्ष उमेरमै अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल भएकी छिन् । आठौं हिरोज इन्टरनेश्नल तेक्वान्दो च्याम्पियनशिप पतैयाँ थाइल्याण्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएकी गौलीले गोल्ड मेडल प्राप्त गर्न सफल भएको प्रशिक्षक दिनेश न्यौपानेले जानकारी दिनुभयो ।

यही ९ र १० अगष्टमा थाइल्याण्डमा सम्पन्न भएको उक्त प्रतियोगितामा गौलीले ११ वर्ष मुनीको उमेर समुहको पुम्से विधा सिंगलबाट गोल्ड मेडल प्राप्त गरेकी हुन् । उनले तारकेश्वर नगरपालिकामा रहेको नागार्जुन तेक्वान्दो डोजाङबाट सहभागिता जनाएकी हुन् ।

गौलीसहित सोही डोजाङका जम्मा ६ जनाले च्याम्पियनशिपमा भाग लिएकामा कुल ६ वटै पदक प्राप्त गर्न सफल भएका छन् ।

पदक पाउनेमा ११ वर्षमुनीकै उमेर समुहबाट क्लोइ डोल्मा तामाङ थर्ड (ब्रन्ज मेडल), ४१–४४ केजीमा रोनशा थापाले सेकण्ड (सिल्भर) मेडल, २३ केजी मुनी आरुसी अम्गाई थर्ड (ब्रन्ज मेडल), २५–२८ केजीमा आर्यन अम्गाई थर्ड (ब्रन्ज मेडल) र ३४–३८ केजी समुहमा आर्यन तामाङ थर्ड (ब्रन्ज मेडल) ल्याउन सफल भएका छन् ।

गोल्ड मेडलिष्ट योजना गौलीसँगै सबै खेलाडीहरुलाई शिखरपोष्ट मिडिया गु्रपको तर्फबाट हार्दिक बधाई तथा उज्वल भविष्य एवं थप उन्नति र प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।

प्रकाशित मिति : बिहीबार, ३० श्रावण २०८२ ००:३०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ