टान निर्वाचनमा त्रिपक्षीय भीडन्त: सापकोटा, बास्तोला र भण्डारी अध्यक्षका प्रत्यासी
काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को नयाँ नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । आउँदो साउन ३० गते सम्पन्न हुन लागेको टानको निर्वाचनमा रामप्रसाद सापकोटा (कमल), निलहरी बास्तोला र बोधराज भण्डारीबीच प्रतिस्पर्धा हुने भएको हो ।
सापकोटा र बास्तोलाले छुट्टाछुट्टै प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका हुन् अध्यक्षको प्रत्यासी बनेका भण्डारीसँगै बरिष्ठ उपाध्यक्ष र एक सदस्य स्वतन्त्र उम्मेद्धारको रुपमा मैदानमा छन् ।
व्यवसायी रामप्रसाद सापकोटा (कमल) प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरिता लामाले उम्मेदवारी दिएकी छन् । यस्तै, प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज), सचिवमा हरि कडरिया, कोषाध्यक्षमा प्रमिला देवकोटा पाण्डे र सहकोषाध्यक्षमा रिन्जी जाङ्बु शेर्पाले उम्मेदवारी दिएका छन् ।
यस्तै सदस्यहरुमा दोर्जे तामाङ, बिनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा खनाल, कृष्ण बहादुर परियार, रामचन्द्र लामिछाने, शरण अधिकारीले उम्मेदवारी दिएका छन् ।
अर्का व्यवसायी निलहरी बास्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा बिनोद सापकोटा (बाबु), सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरुषोतम तिमल्सिना र सह–कोषाध्यक्षमा छिङ दोर्जी शेर्पाले उम्मेदवारी दिएका छन् ।
यस्तै सदस्यहरुमा गणेश बहादुर अधिकारी, कुमार लामा, नविननाथ देबकोटा, लाक्पा दोर्जेशेर्पा, सजना त्रिपाठी, हेम कार्की, सुबास भण्डारी, राजु अर्याल र राम बन्जाराले उम्मेदवारी दिएका छन् ।
अर्का प्रत्यासी बोधराज भण्डारीसँगै वरिष्ठ उपाध्यक्षमा गणेश न्यौपाने र सदस्यमा गणेश बहादुर न्यौपानेले समेत उम्मेदवारी दिएका छन् ।
यही साउन ३० गते हुने टानको निर्वाचनबाट १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, १ सचिव, १ कोषाध्यक्ष, १ सहकोषाध्यक्ष र ९ सदस्यहरु गरी कुल १७ उम्मेदवार निर्वाचनबाट चयन भएर आउने छन् । टान निर्वाचन समितिकाअनुसार १७ पदका लागि तीन प्यानलबाट ३७ जनाले उम्मेदवारी दिएका छन् ।