चितवन २ मा रवि लामिछानलाई फराकिलो अग्रता
चितवन : २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतगणनाअनुसार लामिछानेले १३ हजार ६ सय ४१ मत पाउँदा एमालेका कृष्णभक्त पोखरेल ६ हजार २ सय ४९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत प्राप्त गरेका छन् ।
सहरी एरियामा मत गन्न सुरु भएकाले अब रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढिरहेको छ ।