Logo

सोलुखुम्बुमा न्यायिक समिति जिल्ला मञ्च घोषणा, तामाङको संयोजकत्वमा तदर्थ समिति गठन


सोलुखुम्बुमा न्यायिक समिति जिल्ला मञ्च गठन भएको छ । शनिबार सदरमुकाम सल्लेरीमा सम्पन्न आठ वटै स्थानीय तहका न्यायिक समितिको भेलाबाट सोलु दुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धी माया तामाङको संयोजकत्वमा जिल्ला मञ्चको तदर्थ समिति घोषणा गरिएको हो ।

तदर्थ समितिमा थुलुङ दुधकोशी गाउँपालिका उपाध्यक्ष सविता राई, माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरब राई, नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राईसँगै खुम्बु पासाङल्हामु गाउँपालिका उपाध्यक्ष टाशी ल्हामु शेर्पा, महाकुलुङ गाउँपालिका उपाध्यक्ष विपना कुलुङ, सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु राई र लिखुपिके गाउँपालिका उपाध्यक्ष ङवाङ लाक्पा शेर्पा रहेका छन् ।

न्यायिक समितिसँग सम्बन्धित अन्तरक्रियात्मक अभिमुखीकरणसहितको उक्त कार्यक्रम सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीश प्रकाश कुमार अधिकारीको प्रमुख आतिथ्यता तथा सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा, सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेत, सोलुखुम्बु जिल्लाको सिडियो बसन्त भट्टराई, सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलगायतको आतिथ्यता रहेको थियो ।

आठ वटै स्थानीय तहका उपाध्यक्षसमेत रहेका न्यायिक समिति संयोजकहरुसहित न्यायिक समितिका सदस्य तथा सम्बन्धित सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : शनिबार, ९ बैशाख २०८० २२:२०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ