Logo

थुलुङ दुधकोशी गाउँपालिकामा चार दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


सोलुखुम्बु  :  थुलुङ दुधकोशी गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको समन्वयमा र कादुरी एग्रिकल्चरल एड एशोसिएसनको आयोजनामा चार दिने स्वास्थ्य शिविर शनिबारदेखि सुरु भएको हो।

गाउँपालिकाको मुक्लिस्थित विरेन्द्रोदय माध्यमिक विद्यालयमा भइरहेको उक्त शिविर २५ गतेसम्म सञ्चालन हुनेछ ।

शिविरको पहिलो दिन ३५४ जना स्थानीयवासीले स्वास्थ्य सेवा प्राप्त गरेको कादुरी एग्रिकल्चरल एड एशोसिएसन, ब्रिटिस गोर्खाज नेपालका क्याप्टेन राजन राईले जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, आँखा परीक्षण र मोतिबिन्दु शल्यक्रिया, दाँत उपचार तथा आवश्यक परे दाँत झिक्ने सेवा, रगत, पिसाब, मुटुको ईसीजी, भिडियो एक्स–रे लगायतका परीक्षणहरू निःशुल्क गरिने व्यवस्था गरिएको छ।

साथै, उपचारपछि आवश्यक औषधिहरू पनि निःशुल्क वितरण गरिएको छ। शिविरको पहिलो दिन गाउँपालिका अध्यक्ष असिम राईले अनुगमन गर्नुभएको थियो । शिविरमा विभिन्न नेपाली विशेषज्ञ चिकित्सकहरूको टोली खटिएको छ ।

प्रकाशित मिति : शनिबार, २३ कार्तिक २०८२ २०:५७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ