Logo

खुम्बु पासाङ्ल्हामुले ल्यायो साँढे ६२ करोड बढीको बजेट, प्राथमिकतामा सडकदेखि खानेपानीसम्म ?


सोलुखुम्बु । खुम्बु पासाङ्ल्हामु गाउँपालिकाले आउँदो आर्थिक वर्षका लागि ६२ करोड रुपैयाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ६२ करोड ६० लाख ८६ हजार रुपैयाँको बजेट ल्याइएको हो । 

गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाको सभापतित्वमा आइतबार सम्पन्न गाउँसभाले सो बजेट पारित गरेको हो । 

कुल बजेटमध्ये ३२ करोड, ३१ लाख, ६२ हजार रुपैयाँ चालु खर्च र ३० करोड ३९ लाख, २४ हजार रुपैयाँ पुँजीगत खर्चसहितको बजेट उपाध्यक्ष टासी ल्हामु शेर्पाले गाउँसभाको १३ औँ अधिवेशन मार्फत सार्वजनिक गर्नुभएको हो । 

खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामि आर्थिक वर्षमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद चापागाइले जानकारी दिनुभयो ।

प्रकाशित मिति : सोमबार, ११ असार २०८० ०५:५५
प्रतिक्रिया दिनुहोस्