Logo

कांग्रेस सोलुखुम्बुका सभापति शेर्पाद्वारा भदौं २७ मा बैठक आह्वान


सोलुखुम्बु । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको बैठक यही भदौ २७ गते बस्ने भएको छ।

पार्टी सभापति नाम्गेल जाङ्बु शेर्पाले संगठन सम्बद्ध विविध विषय, क्रियाशील सदस्यता नविकरण,र बितरण लगायतक बिषयमा छलफल एवं निर्णय गर्ने कार्यसूचीसहित पार्टी कार्यालय बसन्तबजार सल्लेरीमा बस्ने गरी बैठक बोलाउनु भएको जिल्ला कार्यसमितिका सहसचिव उत्रमान राईले जानकारी दिनुभयो ।

बैठकमा सोलुखुम्बु जिल्लाबाट प्रतिनिधित्व गर्नुभएका केन्द्रीय सदस्यहरु, पार्टीका पूर्व जिल्ला सभापतिहरु, महाधिवेशन प्रतिनिधिहरु,जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु, प्रदेश (क) र (ख) का क्षत्रीय सभापतिहरु,आठवटा पालिकाका सभापतिहरुलाई बोलाईएको वहाँले बताउनुभयो ।

प्रकाशित मिति : शनिबार, २२ भाद्र २०८१ २२:४८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ