Logo

वरिष्ठ पर्यटन व्यवसायी पाण्डे काजी महासंघको पर्यटन तथा हवाई समिति सल्लाहकारमा मनोनित


काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी तथा लुम्बिनीका सद्भावनादूत विक्रम पाण्डे काजी नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिको सल्लाहकारमा मनोनित हुनुभएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच महासंघका अध्यक्ष चन्द्र ढकालले उहाँलाई सल्लाहकार मनोनित गरेको प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो सल्लाहकार समितिमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, मेरिएट काठमाडौँका अध्यक्ष शशिकान्त अग्रवा डोल्मा फन्डअन्तर्गत प्राक्टिक टुरिजमका प्रमुख उप्पल मजुम्दर रहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समिति विस्तार भएको छ । महासङ्घमा आइतबारएक कार्यक्रमबीच उक्त समिति विस्तार गरिएको हो ।

 

देशबन्धु बस्नेत (अजित)नेतृत्वको उक्त समितिमा सो समितिको उपसभापतिमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोला र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का निवर्तमान अध्यक्ष अच्युत गुरागाईं रहेका छन् ।

सदस्यहरुमा होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाह, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ (नारा)का अध्यक्ष शिव अधिकारी, नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ (एनटीभीए) का अध्यक्ष कुलप्रसाद न्यौपाने, वेष्ट रिसोर्टका प्रबन्ध निर्देशक सचिन ढकाल र पर्यटन बोर्डका तर्फबाट सिर्जना नेपाली रहहेका छन् ।

समितिको आमन्त्रित सदस्यहरुमा रेस्टुरेन्ट एन्ड बार एसोसिएन (रेवान) का उपाध्यक्ष सङ्घर्ष विष्ट, पाटा नेपाल च्याप्टर अध्यक्ष विभूति चन्द ठकुरी, होटल स्टर्न स्टारका अध्यक्ष भावेशकुमार श्रेष्ठ, होटल व्यवसायी महासङ्घ नेपाल (एचपीएफएन) का निवर्तमान अध्यक्ष अमृत भुजेल र एभरेष्ट ग्रुपका निर्देशक प्रनिल प्रधान रहेका छन् ।

प्रकाशित मिति : सोमबार, ११ भाद्र २०८० २२:२९
प्रतिक्रिया दिनुहोस्