Logo

सञ्चारकर्मी मिलन खालिङ सम्मानित


सोलुखुम्बु – सोलुखुम्बुका युवा सञ्चारकर्मी मिलन खालिङ राई सम्मानित हुनुभएको छ । काठमाडौंको महाराजगन्जस्थित शिबपुरी माध्यमिक विद्यालयको हिरक महोत्सवका अवसरमा शुक्रबार सञ्चारकर्मी खालिङ शिक्षा, बिज्ञान तथा प्रवधिमन्त्री अशोक राई र प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको हातबाट सम्मानित हुनुभएको हो ।

सोलुखुम्बुको माप्यदु धकोशी गाउँपालिका स्थायी बासिन्दा राई उक्त विद्यालयका पूर्व विद्यार्थीसमेत हुनुहुन्छ । हिरक महोत्सवका अवसरमा आ-आफ्नो क्षेत्रमा रहि समाजका लागि महत्वपूर्ण योगदान गरेका पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

दर्जनभन्दा बढी मिडियामा आवद्ध भएर पत्रकारिता क्षेत्रको राम्रो अनुभव संगालेका राई हाल दाक्सु मिडियाका प्रबन्ध निर्देशक हुनुहुन्छ । विद्यालयबाट प्राप्त सम्मानले थप जिम्मेवारी थपिएको आफुले महसुस गरेको बताउंदै उहाँले आउँदा दिनमा अझ सशक्त ढंगबाट अघि बढ्ने खालिङले प्रतिकृया दिनुभयो ।

प्रकाशित मिति : आईतवार, २८ आश्विन २०८० २२:३९
प्रतिक्रिया दिनुहोस्