Logo

कृषि क्षेत्रमा विनियोजित बजेटको विवरण तत्काल उपलब्ध गराउन स्थानीय तहलाई परिपत्र


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रतर्फ विनियोजित बजेट सम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।

स्थानीय तहबाट कृषि क्षेत्रमा भएको बजेट तथा लगानीको विश्लेषण गर्न तथा आगामी दिनमा बजेट तथा कार्यक्रम वर्गमा सहयोग पुर्याउने उद्देश्यका लागि स्थानीय तहबाट कृषि क्षेत्र (कृषि पशुपन्छी)तर्फ विनियोजित बजेट सम्बन्धी विवरण तोकिएको ढाँँचामा मन्त्रालयमा तत्काल पठाउन परिपत्र गरिएको मन्त्रालयका योजना तथा विकास समन्वय महाशाखा प्रमुखसमेत रहेका सहसचिव डा.राजेन्द्रप्रसाद मिश्रले जानकारी दिए ।

नेपालको संविधान २०७२ बमोजिम संघीयता कार्यान्वयनसँगै स्थानीय तहबाट स्थानीय स्तरको कृषि तथा पशुपन्छी विकासका लागि स्थानीय तहको आन्तरिक श्रोतबाट कृषि र पशुपन्छी क्षेत्रको विकाससंग सम्बन्धित कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : सोमबार, २ पुष २०८० २१:२३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ