Logo

राप्छामा सामुहिक देन्यकम उद्घाटनसँगै वास सिल प्रतियोगिता भव्य रुपमा सम्पन्न, सयौंले गरे अवलोकन


सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका वडा नं. २, राप्छामा वास सिल प्रतियोगिता २०८१ भव्य रुपमा सम्पन्न भएको छ । राप्छा वास विकास कोषले धेःवास (उभौली) चाँडको अवसर पारेर उक्त प्रतियोगिता आयोजना गरेको हो ।

गाउँपालिकाको सहयोग र समुदायको सहलगानीमा निर्माण गरिएको सामुहिक देन्यकमको उद्घाटनसँगै आयोजना गरिएको उक्त प्रतियोगितामा त्रिवेणी सामुदायिक समाजले प्रथम स्थान हासिल गर्न सफल भएको छ । समाजले प्रथम पुरस्कारस्वरुप नगद २० हजार रुपैयाँका साथै प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै नौलो विहानी (सुक्सले) द्धितीय र जनसुधार (लवले) तृतीय भएको छ । उनीहरुले द्धितीय पुरस्कारबापत नगद १५ हजारको साथमा प्रमाणपत्र र तृतीय पुरस्कारवापत नगद रु. १० हजारको साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।

आफ्नो संस्कृतिको संरक्षण, संवद्र्धन एवं प्रवद्र्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दश वटा समुहको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद मानबीर राईले कार्यक्रम ऐतिहासिक भएको उल्लेख गर्दै यसले संस्कृति, भेषभूषा र भाषाको संरक्षण र प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले देन्यकमलगायत यस क्षेत्रको साँस्कृतिक सम्पदाहरुको संरक्षण र विकासका लागि संघीय बजेटमार्फत सम्बोधन गराउन पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथिको रुपमा उपस्थित गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले यो कार्यक्रम राप्छाले सुरु गरेको नयाँ अभियानको रुपमा चर्चा गदै यसलाई प्रत्येक वर्ष निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले यसखालका ऐतिहासिक कार्यक्रमको लागि गाउँपालिका उचिव बजेटको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

अध्यक्ष राईले देन्यकम निर्माणलाई पूर्णता दिनका लागि आवश्यक बजेटको व्यवस्था गर्ने साथै व्यवस्थापनका लागि वार्षिक रुपमा रु. १ लाख रुपैयाँ दिने घोषणासमेत गर्नुभयो । त्यस्तै गाउँपालिकाभरीका वास मासिमीहरुलाई सम्मान गर्ने तथा उचित भत्ताको व्यवस्था गर्ने उद्घोष गर्दै उहाँले खम्निम्य प्रतिमा निर्माणका साथै आवश्यकताका आधारमा थप योजना बनाउनेसमेत उल्लेख गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष गौरब राईले समुदायको संस्कृति संरक्षणका लागि राप्छाले सुरुवात गरेको यो अभियान सबै क्षेत्रमा पुग्न आवश्यक रहेको बताउनुभयो । यसले आफ्नो समुदायभित्रमात्रै नभएर सिंगो क्षेत्र समुदायलाई एकताको सुत्रमा बाध्न टेवा पुग्ने उल्लेख गर्दै उहाँले यसका लागि आफ्नो तहबाट हरतरहले सहयोग गर्ने बचनबद्धता गर्नुभयो ।

किरात खालिङ राई उत्थान संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जयकुमार खालिङले वास सिल प्रतियोगिता अत्यन्तै समयसान्दर्भिक भएको उल्लेख गर्दै यसले नयाँ पुस्तालाई सिक्ने र सिकाउने कुरामा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । यस खालका सिर्जनात्मक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा देन्यकम र वासख्वाम क्षेत्रका लागि जग्गादान गर्ने जग्गादाताहरुलाई विशेष सम्मान गरिएको छ । देन्यकमको लागि जग्गा दिने जग्गादाताहरुमा सौमान खालिङ राई/गंगामाया खालिङ राई, मानबीर खालिङ राई/निला खालिङ राई, नैनबहादुर खालिङ राई/धनकुमारी खालिङ राई र पञ्च खालिङ राई/नौबरी खालिङ राई हुनुहुन्छ ।

त्यस्तै वासख्वाम क्षेत्रका लागि विगतमै जग्गा दिने ५ जना जग्गादातलाई पनि सम्मान गरिएको हो । सम्मानित हुने जग्गादाताहरुमा स्व. हर्के खालिङ राईको परिवार (स्व. देशबहादुर खालिङ राई/कुमार खालिङ राई/स्व.विरुमान खालिङ राई/सौमान खालिङ राई/, मानबहादुर खालिङ राई), नविन खालिङ रार्ई, गनबहादुर खालिङ रार्ई, सुकुबरी खालिङ रार्ई, पर्खीधन खालिङ रार्ई (हाल अमेरिका) हुनुहुन्छ ।

त्यस्तै राप्छा वासको बृद्धिविकास र व्यवस्थापनका लागि स्थापना गरिएको अक्षयकोषका दाताहरुलाई पनि सम्मानित गरियो । हालसम्म ४ वटा अक्षयकोष रहेको छ । हुर्कम निवासी दोर्जीमाया खालिङ रार्ई (रिमन)को परिवारले १ लाख ४२ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ भने गैरीकम (हाल काठमाडौं) निवासी मानबीर खालिङ रार्ई÷निला खालिङ रार्ईले रु. १ लाख २१ हजार १११ रुपैयाँ, बोदु (हालः काठमाडौं निवासी) सौमान खालिङ रार्ई÷गंगामाया खालिङ रार्ईले रु. ७५ हजार रुपैयाँ र बोदु (हालः लुक्ला) निवासी सुवान खालिङ रार्ई÷पुजा खालिङ रार्ईले रु. ३० हजार ३३३ रुपैयाँ बराबरको राप्छा वास अक्षयकोष स्थापना गर्नुभएको छ ।

सोही कार्यक्रमबीच पूर्व मासिमी भुवानसिं खालिङ राई र राजकुमार खालिङ राई वर्तमान मासिमी पञ्च खालिङ राई, काठमाडौंका मासिमी कुमार खालिङ राई र सल्लेरीका मासिमी अजय किरातीलाई पनि सम्मान गरिएको छ ।

कोषका अध्यक्ष आनन्द कुमार राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघीय सांसद, गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँगै उपाध्यक्ष गौरब राई, किरात खालिङ राई उत्थान संघ केन्द्र, विभिन्न जिल्लाका नेतृत्व, स्थानीय जनप्रतिनिधि, सम्बद्ध सरोकारवाला संघसंस्थाको प्रतिनिधिका साथै विभिन्न जिल्लाबाट पनि सहभागिता रहेको थियो । उक्त कार्यक्रमको अवलोकन गर्नका लागि सयौंको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : मंगलवार, २९ जेष्ठ २०८१ ११:१७
प्रतिक्रिया दिनुहोस्