Logo

माप्य दुधकोशी गाउँपालिकाले यही साउन २६ र २७ गते काठमाडौंमा एकीकृत सेवा शिविर सञ्चालन गर्ने


सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाले आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि काठमाडौंमा एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ । २०८२ साउन २६ र २७ गतेको काठमाडौंको सुकेधारामा अवस्थित नवदुर्गा पार्टी भेन्यूमा उक्त शिविर सञ्चालन गर्न लागिएको गाउँपालिका प्रवक्ता अमित राईले जानकारी दिए ।

काठमाडौंमा बसोबास गर्ने माप्य दुधकोशी गाउँपालिकाका नागरिकहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा राष्ट्रिय परिचयपत्र वितरणसँगै सामाजिक सुरक्षाभत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमि कर संकलन, पञ्जीकरण तथा घटना दर्ता सम्बन्धी सम्पूर्ण सेवाहरु, वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु प्रदान गरिने छ । शिविर विहान ८ बजेबाट सुरु हुने जनाइएको छ ।

गाउँपालिकाले विगतमा पनि यस प्रकारको सेवा प्रवाह आवश्यकताका आधारमा सञ्चालन गर्दै आएको थियो ।

प्रकाशित मिति : शुक्रबार, १७ श्रावण २०८२ १६:०७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ