नेपाल पर्वतीय लिडर संघमा दावा टसी शेर्पा नेतृत्वमा नयाँ कार्यसमिति
नेपाल पर्वतीय लिडर संघ (एनएमएलए) को नवौं वार्षिक साधारण सभाले दावा टसी शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पौष २० गते काठमाडौंको होटल भिस्तारामा सम्पन्न संघको वार्षिक साधारण सभाले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिक्की शेर्पा, महासचिवमा सार्की शेर्पा, सचिवमा लेन्दुक नुप्पा र कोषाध्यक्षमा दावा छिरिङ लामा रहनुभएको छ । त्यस्तै सदस्यमा रामकाजी प्रयास, दोर्च भोटे, आकाश केसी, ङिमा छेची शेर्पा र समिप मैनाली निर्वाचित हुनुभएको छ । 

