Logo

शेर्पा पर्यटन व्यवसायी संघ नेपालमा पासाङ शेर्पा नेतृत्वको नयाँ कार्यसमिति निर्वाचित


काठमाडौं । शेर्पा पर्यटन व्यवसायी संघ नेपाल (एसटीन)ले ७औँ वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा  सम्पन्न उक्त साधारणसभाबाट पासाङ शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

निर्विरोध रुपमा नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा, प्रथम उपाध्यक्षमा चेङ्गा छिरिङ शेर्पा, द्वितीय उपाध्यक्षमा थुप्तेन शेर्पा, महिला उपाध्यक्षमा छोकी शेर्पा रहेका छन् । महासचिवमा सोनम याङ्जी शेर्पा, सचिवमा छोकी शेर्पा, कोषाध्यक्षमा गेलु शेर्पा र सह–कोषाध्यक्षमा दाबुटी शेर्पा चयन भएका छन्।

त्यस्तै, सदस्यमा कुङगा शेर्पा, वाङ्डा शेर्पा, आङ दावा शेर्पा, कामी शेर्पा, नुर्बु छिरिङ र लाक्पा याङ्जी शेर्पा निर्वाचित भएका छन्।

साधारणसभामा संघको विगतका गतिविधि, आगामी कार्ययोजना र हिमाली पर्यटनको सम्भावना तथा चुनौतीबारे विस्तृत छलफल भएको थियो।

नयाँ नेतृत्वले आफ्नो कार्यकालमा पर्यटन व्यवसायको दीगोपन, सदस्यको क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान विस्तार तथा शेर्पा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

शेर्पा समुदायको सीप र अनुभवलाई व्यवस्थित रूपमा उपयोग गर्न सके पर्यटन प्रवर्द्धन र विकासमा त्यसले ठूलो योगदान पुर्‍याउनेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।

प्रकाशित मिति : शनिबार, २५ श्रावण २०८२ २१:२०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ