Logo

पर्यटन बोर्डका वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत श्रेष्ठ बने मन्त्री


नेपाल पर्यटन बोर्डमा वरिष्ठ प्रबन्धकको रूपमा काम गरिरहेकी श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीमा नियुक्त भएकी छिन् । शुक्रबार प्रधानमन्त्री शीतल निवासस्थित राष्ट्रपति भवनको परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

श्रेष्ठ खासमा नेपाल पर्यटन बोर्डको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत  (सीईओ) हुन चाहन्थिन् । बोर्डका सीईओ धनञ्जय रेग्मीको कार्यकाल सकिएपछि उनी पनि प्रतिस्पर्धामा थिइन् । सीईओको प्रतिस्पर्धामा उनी पछाडि  परिन् र पूर्वसीईओ  दीपकराज  जोशी नियुक्त भए ।

केही महिनाअघि श्रेष्ठको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्रीकै  रूपमा आएको थियो  । उनले निकटस्थसँग उक्त मन्त्रालयको जिम्मा लिने वा नलिने मात्र होइन, मन्त्री  हुने वा नहुने भन्ने विषयमा पनि छलफल गरेकी थिइन् ।

बोर्डमा श्रेष्ठ स्मार्ट कर्मचारीकै रूपमा चिनिन्थिन् ।  तत्कालीन सीईओ रेग्मीले उनलाई  संयुक्त राष्ट्रसंघीय विकास  कार्यक्रम युएनडीपीको सहकार्यमा बोर्डले सञ्चालन गरिरहेको परियोजनाको प्रमुख बनाएका थिए । बोर्डमा कर्पोरेट र ब्राण्डको क्षेत्रमा काम काम गरिरहेकी थिइन् । त्यही क्रममा श्रेष्ठले पर्यटन गन्तव्यको डिजिटल अभियान चलाउनमा विशेष सक्रियता देखाएकी थिइन् ।

त्यसो त, उनी कोभिड महामारीका बेला पर्यटन संकट समाधान टिमको एक मुख्य सदस्य पनि थिइन् । अमेरिकाको मिसिगन विश्वविद्यालयबाट विकास अर्थशास्त्र र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर गरेकी श्रेष्ठले अमेरिकी सरकारको हफ्रे फेलोसिप पनि प्राप्त गरेकी थिइन् ।

प्रकाशित मिति : शुक्रबार, २७ मंसिर २०८२ १७:५४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ